शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना

शुक्रबार, ०८ साउन २०८३, १६ : ०३
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • काठमाडौँमा एक वर्षमा २५ सय ८२ वटा विरोध प्रदर्शनका घटना भएका छन्।
  • २०८२ साउनदेखि २०८३ असार मसान्तसम्म भएका यी प्रदर्शन नियन्त्रणमा लिन ३९ हजार ८५४ प्रहरी परिचालन गरिएको थियो ।
  • यस अवधिमा १ लाख ८२ हजार ६६४ जना सेवाग्राहीले जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका युनिटबाट सेवा लिएका छन् ।

काठमाडौँ । काठमाडौँमा एक वर्षमा २५ सय ८२ वटा विरोध प्रदर्शन भएका छन्। २०८२ साउनदेखि २०८३ असार मसान्त सम्ममा २५ सय ८२ वटा विरोध प्रदर्शनका घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

शुक्रबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले त्यसबारे जानकारी दिएका हुन् । त्यसमा विरोध, र्‍याली र जुलुस भएका थिए। 

प्रदर्शन नियन्त्रणमा लिन ३९ हजार ८५४ प्रहरी परिचालन गरिएको थियो । विरोध प्रदर्शन, चाडपर्व सुरक्षा, जात्राहरू र मेगा इभेन्टको सुरक्षामा प्रहरी परिचालन गरिएको एसपी भट्टराईले बताए। 

१ लाख ८२ हजार ६६४ जना सेवाग्राहीले जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका युनिटबाट सेवा लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप