प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
सारांश
- पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान बनेपछि राजनीतिक दलहरू सत्ता केन्द्रित हुँदा विगतको जनआन्दोलनको बेला निरीह भएको बताएका छन् ।
- उनले भदौ २३ र २४ गते पार्टीहरू किन निरीह भए भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए ।
- प्रचण्डले संविधान बनेयता दलहरू सत्ता र सरकार फेर्नेतिर लाग्दा चुक्नुपरेको र युवाहरूलाई डिजिटल माध्यमबाट अल्गोरिदम अफिम प्रयोग गरी लठ्ठ पारिएको जिकिर गरे ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान बनेपछि राजनीतिक दलहरू सत्ता केन्द्रित हुँदा जेनजी आन्दोलनको बेला निरीह भएको बताएका छन् ।
काठमाडौँमा शुक्रबार ४८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा प्रचण्डले विगतको कमजोरीबाट मुक्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
एकपछि अर्को विजयी हासिल गरेका पार्टी भदौ २३ र २४ गते किन यति निरीह भयौँ ? विक्षिप्त हुने स्थिति किन बन्यो ? भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने उनले बताए।
‘जनयुद्ध र जनआन्दोलन चलाउने बेलासम्म सङ्घर्षको स्कुलिङ गरिराखेका थियौँ । विद्यार्थी भाइबहिनीहरूलाई क्रान्तिको स्कुलिङ गरिराख्यौँ । सङ्घर्षको अभियान चलाउँथ्यौँ । तर संविधान बनेयता हामी काठमाडौँ केन्द्रित सत्ता केन्द्रित भयौँ । त्यो कार्यनीति थियो’, उनले भने, ‘दिनदिनै सरकार बनाउने, पालिका चलाउने मन्त्री प्रधानमन्त्री फेर्नतिर लाग्यौँ । त्यहीँ हामी चुक्यौँ। तर हाम्रा वैरीहरू ठुलठुला रणनीतिक योजना बनाएछन् । अलिअलि वैरीहरू लागेका थाहा थियो । तर यही स्तरमा एकै दिन देश विध्वंस पार्ने कुरा हामीले बुझेनछौँ । हामीले उनीहरूको रणनीतिक योजन विरुद्ध शक्ति सञ्चय गरेनछौँ।’
उनले गत वर्ष भदौमा युवाहरूलाई अफिमा लठ्ठ पारेको जिकिर समेत गरे । प्रचण्डले भने, ‘यहाँ अफिम भनेर गलत अर्थ नलागोस् । डिजिटलमार्फत अल्गोरिदम अफिम प्रयोग गरी युवाहरूलाई लठ्ठ बनाए। जसरी चीनमा अफिमबाट मुक्त भएपछि क्रान्ति अगाडि बढेको थियो । यहाँ पनि गर्नुपर्ने बेला आएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण