युरोपको सर्वाधिक गोलकर्ता बन्ने रोनाल्डोको सपनामा धक्का
युरोपको सर्वाधिक गोलकर्ता बन्ने क्रिस्टियानो रोनाल्डोको सपनामा ठूलो धक्का लागेको छ । रोनाल्डोले गोल गर्न नसक्दा हालै मात्र इटालियन लिग च्याम्पियन बनेको युभेन्टस काग्लियारीसँग २–० गोलअन्तरले पराजित बनेको हो ।
हालसम्म ३१ गोल गरेका रोनाल्डोले बुधबार राति भएको खेलमा भने कुनै पनि गोल गर्न सकेनन् । उता, लुका गान्जिलानो र जियोभानी सिमिओनीको गोलको मद्दतले काग्लियारीे विजयी बन्यो ।
युरोपियन गोल्डन बुटको दौडमा रोनाल्डो लाजियोका स्ट्राइकल सिरो इमोबाइलभन्दा चार गोलले पछि रहेका छन् । उनले ३५ औँ गोल गर्दा लाजियो ब्रेसियालाई २–० ले हरायो ।
सिरिए ए मा एक खेल बाँकी रहँदा यो सिजन इमोबाइलले नै गोल्डन बुट जित्ने लगभग पाक्कापक्की बनेको छ । उनले यो सिजन ३४ गोल गरेका बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पनि उछिनिसकेका छन् ।
उनी सिरिए ए को एक सिजनमा गरिएको सर्वाधिक ३६ गोलको कीर्तिमान बराबरी गर्नबाट एक गोल टाढा रहेका छन् । यसअघि नापोलीका लागि गोन्जालो हिग्वाइनले सन् २०१५–१६ सिजनमा ३६ गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण