जलविद्युत् आयोजनामा भीषण पहिरो, मानव बस्तीसमेत जोखिममा
नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ ।
पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७।५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर पहिरो खसेकोे थियो ।
पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पूर्णरूपमा क्षति पु¥याएको छ । पहिरोले तिपेनी बजार तथा पहिरोमाथिको मानव बस्तीसमेत जोखिममा परेको छ ।
निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो । पहिरोका कारण सवारी साधन तथा मानिसको आवतजावतसमेत बन्द भएको छ ।
उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौँ मानिस बीचबाटोमै अलपत्र परेका छन् । पहिरोका कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण