सेटिङमा काठ तस्करी तीव्र, अध्यक्षमाथि रकम हिनामिनाको आरोप
गुल्मी– गुल्मीको मुसिकोट नगरपालिका वडानम्वर २ (साविकको मुसिकोट गाविस)को सामुदायिक वनबाट उपभोक्ता समितिकै मिलेमत्तोमा काठ तस्करी हुने गरेको खुलासा भएको छ ।
श्रृङ्गेश्वर सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको मिलोमोतोमा बनको खण्डनम्वर ५ अर्मजाबाट साल र सल्लाका काठ तस्करी हुने गरेको खुलासा भएको हो ।
वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण खत्रीको नजिक मानिएका शिवबहादुर नेपालीलाई वन नजिकै अवैध फर्निचर सञ्चालन गर्न लगाई काठ कटानी र चिरानी गर्ने गरिएको पाइएको हो । तस्करीका काठ वामीटक्सार र बाग्लुङ्गको खर्वाङ्ग लगायतका स्थानमानिर्यात गर्ने गरेको पाइएको छ ।
ईलाका वन कार्यालय तम्घासले छापा मार्दा तस्करीको काठ भेटिएको हो । १ सय ३५ हेक्टर क्षेत्रफल श्रृङ्गाको वन क्षेत्रमध्ये खण्डनम्वर ५ अर्मजालाई अखडा बनाई लामो समयदेखि सालको काठ तस्करी हुँदै आएको स्थानीयको सुराकीपछि छापा मार्दा कटानी र चिरानीका काठ बरामद गरिएको ईलाका वन कार्यालयका बन रक्षक वावुराम खनालले बताए ।
उनले काठ तस्करी समितिकै मिलोमोतोमा हुने गरेको पनि बताए । ‘समितिका ब्यक्तिको मिलोमोतो नभई त्यस्तो हुनैसक्दैन हामीले ति काठहरु नापजाँच गरी उपभोक्ताको जिम्मा लगाएका छौं’ खनालले भने,‘ कार्यालयका प्रमुख पन्नलाल भट्टराईु जिल्ला बाहिर भएकोले अरु कार्वाही अगाडी बढ्न सकेको छैन् ।’
उनका अनुसार ७ फुट लम्वाई ४२ थान सालका चिरानी र सालकै २६ थान गोलिया काठ वरामद गरिएको छ भने अवैध फर्निचर सञ्चालन गर्दै आएका शिवबहादुर नेपालीबाट १०३ क्युफिट सल्लाको काठ वरामद गरिएको छ । बरामद सालको काठ १ सय ४४ क्युफिट हुन्छ । नेपालीको अवैध फर्निचर वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण खत्रीको संकेतमा सञ्चान गरिएको स्थानीय राजनैतिक दलका नेताहरुले बताएका छन् । अध्यक्ष खत्रीविरुद्ध अख्तियार अनुसान्धान आयोगमा समेत उपभोक्ताले उजुरी दिएको र जिल्ला प्रशासन कार्यालय गुल्मीमा समेत पत्र पेश गरिएको बताईएको छ ।
अध्यक्षले गरे रकम हिनामिना
काठ तस्करीको सेटिङ्ग मिलाएको आरोप खेपेका अध्यक्ष खत्रीले बैकमा रहेको रकम समितिका कसैलाई थाहा नदिई २ लाख ५० हजार रकम झिकेर दुरुपयोग गरेको पनि खुलेको छ ।
नेकपा एमालेबाट मुसिकोट नगरपालिका वडानम्वर २ बाट वडाध्यक्षमा विजयी भएका खत्रीले वन समितिका सचिव कमला आचार्य र कोषाध्यक्ष महेन्द्रसिह ठकुरीलाई झुक्काएर हस्ताक्षर गर्न लगाई उक्त रकम निकालेको बुझिएको छ । उनले राष्ट्रिय बाणिज्य बैंक गुल्मी शाखामा वन उपभोक्ता समितिको खाता नम्वर ३०१००००५०८०१÷सि ५०८ बाट २ लाख ४० हजार रुपैयाँ निकालेको खुलासा भएको हो । ‘२०७३ ÷०७४ को लेखा परिक्षण गर्न तम्घास गएपछिमात्रै रकम निकालेका थाहा पाइयोे’समितिकी सचिव कमला आचार्यले भनिन् ‘बैंकबाट स्टेटमेण्ट माग्दा त साढे दुई लाख अध्यक्ष खत्रीले जानकारी नदिई झिकीसक्नु भएको रहेछ । चेक सकियो, नयाँ चेक बनाउनु प¥यो भनेर हस्ताक्षर गराएर पैसा निकालेको आचार्यको भनाई छ ।
अध्यक्ष सहित ३ जना खातावाला मध्येका कोषाध्यक्ष महेन्द्रसिंह ठकुरीले पनि समितिका कुनै पनि ब्यक्तिलाई सुईको नदिई अध्यक्ष खत्रीले उक्त रकम निकालेको र वनमा काठ तस्करी समेत हुने गरेको आफुहरुले अहिले चाल पाएको बताए ।
सह सचिब दुर्गाबहादुर घर्तिले कसैलाई थाहै नदिई गरिएको यस्तो अनियमिताको भत्र्सना गरे । अध्यक्ष खत्रीको अनियमित कार्यविरुद्ध भदौं १ गते समितिका यी तीनसहित सदस्यहरु वावुराम घिमिरे, धर्मकुमारी महत, रना नेपाली र ललिता चालिसेले राजिनामा दिएका छन् । 
ईलाका वन कार्यालय तम्घासले समितिले गत आर्थिक वर्षमा गरेको लेखा परिक्षणको खर्च विवरणमा समेत आशंका गरी समितिलाई सक्कली विल भर्पाई सहित कार्यालयमा उपस्थित हुन भदौ २१ गतेका दिन पत्र काटेको छ । वन उपभोक्ता समितिले आयमुलक कार्यक्रम मौरीपालन, वाख्रापालन, अदुवा र वेसार खेती गर्दा बन कार्यालयको सहमतिविना र उपभोक्ता समितिको कार्ययोजनाविना कार्यक्रममा गरिएकोमा खर्च स्पष्ट नभएको पत्रमा उल्लेख छ । अध्यक्ष खत्रीले भने जानकारी दिएरै रकम निकालेको दावी गरे । ‘सामुदायिक वनको भवन बनाउनुपर्ला भनेर निकालेको हो बेलामा बनाउन नसिकएकोले उक्त रकम मैले नै राखेको छु ’खत्रीले भने । उनले काठ तस्करीमा पनि संलग्नता नभएको बताए ।
यो सामुदायिक वन अन्तरगतका झाडीमा वन्चरो,आरो लगायतका सामग्री र काठहरु यत्रतत्र देख्न सकिन्छ । त्याहाँको फर्निचर समेत अवैद्य भएको वन कार्यालयका वावुराम खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण