भिट्टामोडमा रोकिएका महन्त जटहीबाट अयोध्या गए
जनकपुर । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव धनुषाको जटही नाका हुदैँ अयोध्या गएका छन् । मंगलबार महोत्तरीको भिठ्ठामोडस्थित सीमा नाकाबाट अयोध्या जान नेपाल प्रहरीले रोकेपछि उनी जटही नाका हुदैँ अयोध्यातर्फ प्रस्थान गरेका हुन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पासको व्यवस्था मिलाएपनि महन्तलाई भिठ्ठामोडमा प्रहरीले रोकेको थियो । महन्त दास भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको शिलान्यास कार्यक्रममा सरिक हुन गएका हुन् । अयोध्यामा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको शिलान्यास गर्दैछन् । सो कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सरिक हुने कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रममा विशिष्ठ अतिथि विश्व हिन्दु परिषद्का अध्यक्ष मोहन भागवतलाई बनाइएको छ ।
जनकपुर र अयोध्याबीच वर्षौंदेखि धार्मिक र सांस्कृतिक सम्बन्ध रहिआएको छ । सिताराम विवाहपञ्चमीमा सहभागी हुन हरेक वर्ष भारतको अयोध्याबाट साधु सन्तहरू जन्तीको रूपमा जनकपुरधाम आउने गरेका छन् भने नेपालको जानकी मन्दिरबाट पनि विभिन्न धार्मिक सांस्कृतिक उत्सवहरुमा त्यसतर्फ जाने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण