बाढीले कुलो बगायो, विद्युत् उत्पादन बन्द
वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङमा सञ्चालनमा रहेका लघु जनविद्युत् आयोजनामा क्षति पुगेको छ । पहिरोले जिल्लाको ढोरपाटन नगरपालिका–६ मा रहेका खानीखोला लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ ।
विद्युत् उत्पादनका लागि बनाइएको कुलोभन्दा १०० मिटर माथिबाट खसेको पहिराले कुलो बगाएपछि विद्युत् उत्पादन बन्द भएको आयोजनाका प्रमुख ज्ञानबहादुर श्रीपालीले जानाकारी दिए । चामीद्वारको खानीखोलामा रहेको खानीखोला लघुजलविद्युत् आयोजनाबाट चामीद्वार, खानीखुरिया, काफँलबोट, काम्लोबोट, कसुङबोट र लाकुमका करिब १६७ घरधुरीले विद्युत् प्रयोग गर्दै आएका थिए । विद्युत् आपूर्ति बन्द भएपछि सबै गाउँमा सञ्चार सेवासमेत प्रभावित भएको छ ।
कुखुरा फार्म, साना कुटानी पिसानी मिललगायतका उद्योगसमेत बन्द भएका छन् । आयोजनाको कुलो मर्मत गर्न २० दिन लाग्न सक्ने श्रीपालीको भनाइ छ । सबै गाउँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । खानीखोलामा हरेक वर्ष बाढी र पहिरोको प्रभाव पर्ने गरेको छ ।
झरी रोकिएपछि जतिसक्दो छिटो कुलो निर्माण गर्ने आयोजनाले जनाएको छ । जिल्लाको निसीखोला, जैमिनी नगरपालिका र बडिगाड गाउँपालिकामा सञ्चालनमा रहेका लघुजलविद्युत्समेत बाढीका कारण प्रभावित छन् । अत्यधिक वर्षा हुँदा मुहान बगाउने, प्रसारण लाइनका पोल पहिरोले बगाउने, पाइपलाइनमा बाढी पसेर थुनिनेजस्ता समस्या आयोजनाहरु भोग्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण