कोरोना संक्रमित मन्त्रीको कन्ट्याक्ट हिस्ट्रीः काठमाडौंमा प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्म भेट
बिहीबार, २२ साउन २०७७, १० : ५०
जनकपुर – प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले कोरोना संक्रमणको रिपोर्ट आउनु पूर्व काठमाडौंमा रहँदा प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षक समेतलाई भेटघाट गरेको खुलेको छ ।
उनी आइतवार काठमाडौंबाट आउनुअघि देशका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए ।
मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए ।
मन्त्री यादव प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण