सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित मन्त्रीको कन्ट्याक्ट हिस्ट्रीः काठमाडौंमा प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्म भेट

बिहीबार, २२ साउन २०७७, १० : ५०
बिहीबार, २२ साउन २०७७

जनकपुर – प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले कोरोना संक्रमणको रिपोर्ट आउनु पूर्व काठमाडौंमा रहँदा प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षक समेतलाई भेटघाट गरेको खुलेको छ । 

उनी आइतवार काठमाडौंबाट आउनुअघि देशका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए । 

मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए ।

मन्त्री यादव प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप