राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन प्रकृया सुरु
काठमाडौं । राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रकृया सुरु भएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ । विहान ११ बजेबाट ४ बजेटसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा अहिलेसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका छन ।
संसद सचिवालयकाअनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारीको उम्मेदवारी दर्ता भएको छ । चारबजेसम्म उम्मेदवारी दर्ताको समय रहेकोमा साढे ४ बजे अन्तिम नामावली प्रकाशन हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताए ।
सचिवालयकाअनुसार साउन २३ गते दिउँसो १ बजे निर्वाचन गर्ने कार्यक्रम रहेको छ । एउटा समितिमा एकमात्रै उम्मेवारी परेमा सम्बन्धित समितिको बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ । एक भन्दा बढी उम्मेदवारी दर्ता भएमा निर्वाचन प्रक्रिया मार्फत सभापति छनोटको गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण