सर्वोच्चमा रञ्जनका दुई छोराको निवेदन दर्ता गर्न अस्वीकार
काठमाडौं । रञ्जन कोइरालाका छोराहरु आयुष र आर्यनले आफ्ना बावु ‘निर्दोष छन्’ भन्दै दिएको निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । बिहिबार २३ वर्षीय आयुष र १९ वर्षीय आर्यनले प्रधानन्यायाधीशलाई सम्बोधन गरेर निवेदन दिएका थिए । तर, मुद्दामा उनीहरुको ‘सरोकार नभएको’ भन्दै सर्वोच्चको मुद्दा महाशाखाले सो निवेदनको दर्ता प्रक्रिया अगाडि बढाएन् ।
पत्नी हत्याको आरोपमा ८ वर्ष ६ महिना जेलमा बसेर पूर्वडिआईजी रञ्जन कोइराला साउन ८ मा रिहा भएका थिए । सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलाशले रञ्जनको मुद्दा पुनरावलोकन गर्न आदेश दिएको छ ।
‘पुनरावलोकन आदेश भएको मुद्दामा छोराहरु सरोकारवाला भएनन्’ सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले रातोपाटीसँग भने– ‘म्यादमा प्रतिवादी हाजिर हुन्छन्, निवेदन दिएको कुरा हाम्रो नोटिशमा भएन् ।’
मुद्दाका ‘कन्र्सन पार्टी’ नभएका कारण छोराहरुले दिएको निवेदन दर्ता नभएपछि रञ्जनले अब आफ्नो लिखित प्रतिवाद गर्न पाउँछन् ।
प्रधान न्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सजाय कटौती गरेर ८ वर्ष ६ महिना कायम गरेको थियो । सोही फैसलाका आधारमा रञ्जन रिहा भएका थिए ।
(यसअघि रञ्जन कोइराका छोराहरु आयुष र आर्यनले आफ्ना बावु ‘निर्दोष छन्’ भन्दै दिएको निवेदन सर्वोच्चमा दर्ता भएको भन्ने समाचार प्रकाशित भएकोमा सच्याइएको छ–सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण