बाढी–पहिरोले नुवाकोटका विभिन्न स्थानमा क्षति
अविरल वर्षासँगै आएको बाढी पहिरोले नुवाकोटका विभिन्न स्थानमा क्षति पुगेको छ । विदुर नगरपालिकाको वडा नम्वर ६ स्थित खहरे खोलामा आएको बाढीले कृषि सडकको पुल जोखिममा परेको छ । बाढीले पुलसँगैको घरहरुमा पनि जोखिम बढाएको स्थानिय प्रशान्त अर्यालले जानकारी दिए । बाढी पस्दा स्थानीयको खेत बगाएको छ भने चार घर जोखिममा परेका छन् ।
कृषि सडककै द्वारेखोलामा पहिरो जाँदा सवारी आवागमन थप्प भएको छ । पहिरोले विदुर नगरपालिकाको वडा नम्वर ३ का विभिन्न गाउँ र तारकेश्वर गाउँपालिकाको तत्लो क्षेत्रको सवारी सम्पर्क विच्छेद भएको छ ।
यस्तै विदुर नगपालिकाको वडा नम्वर ३ को चैनपुर पोखरीचौरका ३ घर पहिरोले पुरेको छ । स्थानीयको सहयोगमा पीडितलाई सुरक्षित स्थानमा सारीएको स्थानीय सर्वेश्वर अर्यालले जानकारी दिए ।
यस्तै विदुरकै वडा नम्वर १२ मा पहिरो जाँदा वीरेन्द्र माध्यमीक विद्यालयको भवनमा क्षति पुगेको छ । चैनपुरमा कम्तिमा एक दर्जन घर पहिरोको उच्च जोखिममा रहेको अर्यालले जानकारी दिए ।
ठाउँ ठाउँमा पहिरो गएसँगै चैनपुरहुँदै नुवाकोटको उत्तरपुर्वी क्षेत्र मजुवा, दाङसिङ, गोर्स्याङ लगायतका स्थानसँगको सडक सम्पर्क पनि विच्छेद भएको छ । यसैबीच पहिरोका कारण अवरूद्व पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ । रसुवाको धुञ्चे–स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतह भासिएपछि राजमार्ग आवरुद्ध भएको थियो । राजमार्गको कुनातर्फबाट नयाँ ट्याक तयार गरी सवारी यातायात सञ्चालन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण