सिरहामा ब्राउन सुगरसहित ६ युवक पक्राउ
सिरहा । सिरहा प्रहरीले लागुपदार्थ ब्राउन सुगरसहित ६ जना युवालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोलबजार नपा ६ ढोहटियाका २८ वर्षीय पाण्डव गुप्ताले आफ्नै घरमा बिक्रीको लागि लुकाई राखेको १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित ६ जनालाई आइतबार नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारले गुप्तासहित स्थानीय २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, विवेक श्रेष्ठ र १९ वर्षीय शिरिल महरालाई नियन्त्रणमा लिएको जनाएको छ । गोलबजारका इन्सपेक्टर जनक पुरीको कमाण्डमा गएको टोलीले गुप्तासहित ओसारपोसारमा सहयोग गर्ने र सेवन गर्नेहरुलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ । उनीहरुलाई लगुऔषधसम्बन्धि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण