सिद्धार्थ बैंकको चौथो त्रैमासिक विवरण सार्वजनिकः कुल पुँजीमा २०.५%को वृद्धि
सोमबार, २६ साउन २०७७, २१ : ०१
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आ.व. २०७६/७७ को चौंथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । सोअनुसार आ.व. २०७६/७७ मा बैंकको निक्षेप रु. २३.४ अर्र्बले वृद्धि तथा रु. २.५ अर्बको ऋणपत्र निष्काशन गरी रु. २५.९ अर्बको स्रोत संकलन गर्न सफल भएको छ ।
त्यस्तै, सो आ.व. मा रु. १८.८८ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ । बैंकको कूल सम्पत्ति रु. १८२.६७ अर्ब रहेको छ जुन गत आ.व. भन्दा २०.५%ले वृद्धि भएको छ ।
कोभिड-१९ महामारीको असरको बावजुत पनि बैंकले रु. ३.७९ अर्बको नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत आ.व. भन्दा रु. ३२ करोडले बढि हो । बैंकले रु. २.०९ अर्ब खुद मुनाफा आर्जन गरेको छ र सो मुनाफा मध्ये रु. ८७ करोड र ऋणपत्र परिपक्व भएको रकम सहित रु. १२४ करोड वितरण योग्य रकम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण