सिद्धार्थ बैंकको चौथो त्रैमासिक विवरण सार्वजनिकः कुल पुँजीमा २०.५%को वृद्धि
सोमबार, २६ साउन २०७७, २१ : ०१
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आ.व. २०७६/७७ को चौंथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । सोअनुसार आ.व. २०७६/७७ मा बैंकको निक्षेप रु. २३.४ अर्र्बले वृद्धि तथा रु. २.५ अर्बको ऋणपत्र निष्काशन गरी रु. २५.९ अर्बको स्रोत संकलन गर्न सफल भएको छ ।
त्यस्तै, सो आ.व. मा रु. १८.८८ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ । बैंकको कूल सम्पत्ति रु. १८२.६७ अर्ब रहेको छ जुन गत आ.व. भन्दा २०.५%ले वृद्धि भएको छ ।
कोभिड-१९ महामारीको असरको बावजुत पनि बैंकले रु. ३.७९ अर्बको नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत आ.व. भन्दा रु. ३२ करोडले बढि हो । बैंकले रु. २.०९ अर्ब खुद मुनाफा आर्जन गरेको छ र सो मुनाफा मध्ये रु. ८७ करोड र ऋणपत्र परिपक्व भएको रकम सहित रु. १२४ करोड वितरण योग्य रकम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा विभाजित भएपछि मधेश प्रदेश सरकार संकटमा, माओवादी छलफल गर्दै
-
बुटवलमा फार्मेसीका सञ्चालक पक्राउ
-
बाल मन्दिरको जग्गा विवाद सीआईबीमा, आरोपीविरुद्ध पक्राउ अनुमति लिइयो
-
महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित
-
बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ
-
ब्राजिलमा बाढीका कारण सयभन्दा धेरैको मृत्यु, एक लाख घर ध्वस्त