४ लाख ३६ हजार रुपैयाँ बराबरको सुन ठगी गरेको अभियोगमा पक्राउ
बिहीबार, २९ साउन २०७७, १७ : २३
करिब ४ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको सुन ठगी गरेको अभियोगमा झापा शान्तीनगर घर भई काठमाडौं महानगरपालिका-३१ नयाँ वानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौं ज्ञानेश्वरबाट बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
मगरले उक्त रुपैयाँ बराबरको डेढ तोलाको १ थान सुनको सिक्री, ५४ लालको १ थान सुनको लकेट, १ तोला ५२ लालको १ थान सुनको ब्रासलेट, १ थान हिराको औंठी र ३५ लालको १ थान सुनको औंठी विभिन्न वहाना बनाई झुक्याई ठगी गरेको मुद्धाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मगरलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण