कालीकोट पहिरोमा ६ जनाको मृत्यु, सबैको सनाखत
शुक्रबार, ३० साउन २०७७, ११ : ५७
काठमाडौँ – कालीकोटको महाबै गाउँपालिका–३ मा गएराति गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको सनाखत भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी १३ वर्षका पुष्प बिष्ट, ११ वर्षका प्रविण बिष्ट, १८ वर्षीया सविना बिष्ट, १५ वर्षीया आशा विष्ट, १३ वर्षकी शान्ति बिष्ट र १९ वर्षकी रेखा बिष्ट रहेको कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।
ओलियाका अनुसार पहिरोमा परी मृत्यु हुनेमा स्थानीय रजबहादुर विष्टका ४ छोराछोरी र उनका दाजु डिलबहादुर विष्टका २ छोरी हुन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा र जनप्रतिनिधिसहितको टोलीले घटनास्थलबाट मृतकको शव निकालेको ओलियाले बताए ।
घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको ओलियाको भनाइ छ । रजबहादुर विष्ट महाबै गाँउपालिका–३, नकुका वडा सदस्य समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण