लिदी पहिरो : ‘पानी लिन जाँदा भाग्यले बाँचें’
सिन्धुपाल्चोक – जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान सबेरै उठेर परिवारसहित सुष्मा पनि घरमा गएकी थिइन् ।
‘म पानी लिन गएकी थिएँ, बुबाआमा र भाइबहिनीहरू घरमै थिए । एक्कासि पहिरो आएर सबैलाई पु¥यो,’ सुष्माले रुँदै भनिन्, ‘मचाँहि पानी लिन गएकाले बाँचें ।’
लिदीकै कविता दोङ केही दिनअघि मात्रै काठमाडौंबाट गाउँ आएकी थिइन् । उनको परिवार पनि बेलुकी खाना खाएर अस्थायी टेन्टमै गएर सुत्ने गरेको थियो । बिहान घर सफा गर्न र चिया खाना आएको बेला घर माथिबाट आएको पहिरोले उनको घरका मात्रै आठ जनालाई पुरेको छ ।
‘मचाहिँ टेन्टमा नै थिएँ, एक छिनमा जान्छु भनेर बसिरहेकी थिएँ । एक्कासि आएको पहिरोले केही समयअगाडि सँगै भएका परिवार नै सखाप बनायो,’ कविताले गहँभरि आँसु पार्दै भनिन् ।
बस्तीमुनि निर्माणाधीन बलेफी ‘ए’ जलविद्युत् आयोजनाका कारण असारमा बस्ती छेउमा अहिले गएकै ठाउँमा पहिरो गएपछि बस्तीका स्थानीय केही समयदेखि बेलुकीको समयमा बस्तीनजिकै रहेको लप्से डाँडामा गएर बस्ने गरेका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण