गत आर्थिक वर्षमा देशभरका डेढ सय पुल मर्मत
सडक विभागले गत आर्थिक वर्षमा देशभरका विभिन्न जिल्लाका सडकमा गरी झण्डै डेढ सय पुल मर्मत गरेको छ । नेपाल सरकारको आफ्नै लगानी र कतिपय स्थानमा दातृ निकायको सहयोगमा पुराना पुलको मर्मत भएको हो ।
पुराना र जोखिमयुक्त पुल भएका स्थानमा नयाँ पुल राखेर पुरानो हटाउँदै जाने नीति रहेको सडक विभाग, पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताए । भूकम्पका कारण क्षतिग्रस्त पुलको समेत मर्मतको काम भइरहेको छ । विगतमा निर्माण भएका कतिपय पुल एक लेन हुने गरेकामा अहिले दुई वा चार लेनको पुल बनिरहेको उनले बताए । उनले भने, “पुराना र साँघुरा भएका स्थानमा त्यसको मर्मत र नयाँ निर्माण दुवै भइरहेको छ ।”
विभागले दुई वर्षयता झण्डै डेढ सय पुल मर्मत गरिरहेको छ । विश्व बैंकले अध्ययन गरिरहेको पतलैया–ढल्केबर सडकमा पुल पुराना र साँघुरो रहेको उपमहानिर्देशक भट्टराईले जानकारी दिए । त्यहाँका झण्डै ७० पुल चार लेनमा निर्माण गरिने योजना बनाइएको छ । कतिपय स्थानमा विभाग आफैँले पनि मर्मतका लागि योजना बनाइरहेको छ । सिद्धार्थ राजमार्गमा राम्दी पुललाई मर्मत गर्ने कार्यक्रम रहेको छ । मुग्लिनमा नयाँ पुल बनिसकेर प्रयोगमा आएको छ भने त्यस छेउमा पुरानो पुल रहेको छ ।
देशभरका सडक योजनामा जहाँजहाँ ठूला मर्मत गर्नुपर्छ त्यहाँ सडक विभाग, पुल महाशाखा आफैँले गरिरहेको छ । साना मर्मतका लागि पुल महाशाखाअन्तर्गतका चार कार्यालयलाई बजेट छुट्याइएको छ । आगामी आवमा दुई हजार मिटर पुलको मर्मत गर्ने लक्ष्य लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण