श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
शनिबार, ३१ साउन २०७७, १७ : ०५
बारा । आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौंडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सुकुलेलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे
-
लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन
-
अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध
-
बहसपत्रको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै प्रक्रियाबाट हट्ने चार दलको चेतावनी (पत्रसहित)
-
थोरै पानी पर्दा पनि किन जलमग्न हुन्छ काठमाडौँ ?
-
राहदानी भ्रष्टाचार नियत कि नीतिगत ? फाइल हेरौँ: रास्वपा सांसद सुनार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण