मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध

मङ्गलबार, २३ असार २०८३, १० : ५३
मङ्गलबार, २३ असार २०८३

सारांश

  • सिंहदरबार स्थित अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको कार्यालयमा बसेको बैठकमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।
  • बैठकमा परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराइने कार्यसूची रहेको थियो ।
  • परराष्ट्र मन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईलाई बैठकमा आमन्त्रण गरिएको थियो ।

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पत्रकारलाई निषेध गरिएको छ । सिंहदरबार स्थित समितिको कार्यालयमा बसेको बैठकमा पत्रकारलाई प्रवेश नदिइएको हो । 

परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराइने कार्यसूची रहेको छ। 

बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईलाई आमन्त्रण गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप