असोज २५ देखि दैलेख युथ कप हुने
काठमाडौं–असोज २५देखि ३० गतेसम्म चौथो दैलेखी युथ कप आयोजना हुने भएको छ । दैलेखी युथको आयोजनामा सञ्चालन हुने खेल महोत्सवको तयारी तिव्र पारिएको संस्थाका अध्यक्ष प्रेमबहादुर शाहीले बताए । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन आयोजना गरीे खेल महोत्सवबारे जानकारी दिइएको हो । २०७१ सालमा स्थपना भएको दैलेखी युथ, काठमाडौँमा अध्ययन र रोजगारीको शिलशिलामा बसोवास गर्दै आएका युवाहरुद्वारा सञ्चालित संस्था हो । यस संस्थाले आफ्नो स्थपानाकाल देखि नै खेलकुद महोत्सव गर्दै आएको छ । खेल महोत्सव दैलेख बजारस्थित खुलामञ्च टुडिँखेलमा आयोजना गरिने छ । प्रतियोगितामा फुटबल, भलिबल र ब्याडमिन्टन खेल हुनेछन् । महोत्सव सम्पन्न गर्न १३ लाख लाग्ने अनुमान आयोजकको छ । महोत्सवमा सहभागी हुने टिमलाई दर्ता शुल्क फुटवल तर्पm रू. १०,००० पुरुष भलिबल तर्पm रू. ५,००० र व्याटमिन्टनको लागि रू. २,००० तोकिएको अध्यक्ष शाहीले बताए ।
विजेता टिमलाई फुटबल तर्पm प्रथम हुनेले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र र द्वितिय हुनेले नगद ५० हजारका साथै मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । खेलमा उत्कृष्ट हुने एकजना खेलाडीले ट्रफी सहित प्रमाण–पत्र प्राप्त गर्नेछन् । पुरुष भलिबलतर्पm प्रथम हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र र उपविजेता टिमले २५ हजार नगद सहित मेडलर प्रमाण–पत्र प्राप्त गर्नेछन । यसमा पनि एक जना उत्कृष्ठ खेलाडीलाई ट्रफी सहित प्रमाण–पत्र प्रदान गरिने छ । त्यस्तै ब्याटमिन्टन प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् भने उपविजेताले नगद १० हजार सहित मेडल र प्रमाण–पत्र प्राप्त गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण