मंगलबारदेखि सुरु हुँदैछ अमेरिका–दक्षिण कोरियाको सझा युद्धाभ्यास
दुई दिन ढिला गरी अमेरिका र दक्षिण कोरियाली सेनाको साझा युद्धाभ्यास मंगलबारदेखि सुरु हुँदैछ ।
स्थानीय मिडियाका अनुसार दक्षिण कोरियाली सेनाका अधिकारी कोरोना संक्रमित पाइएपछि वार्षिक रुपमा हुने यो युद्धाभ्यास दुई दिन ढिलो गरिएको हो ।
दक्षिण कोरियाको ज्वाइन्ट चीफ अफ स्टाफले आइतबार ‘कोभिड–१९ को स्थितीलाई ध्यानमा राख्दै’ युद्धाभ्यास मंगलबारदेखि सुरु गरिने जानकारी दिए ।
सामाचार एजेन्सी योनह्यापका अनुसार यो प्रशिक्षण आइतबार सुरु गरिने कार्यक्रम थियो तर शुक्रबार यसमा भाग लिने एक सैनिकको कोरोना परीक्षण पोजेटिभ आएपछि यसको मिति सारिएको हो ।
यो साझा युद्धाभ्यासलाई दक्षिण कोरियाको छिमेकी देश उत्तर कोरियाले ‘युद्धको लागि तयार भएको स्थिती’ को रुपमा हेर्ने गर्छ र यसमाथि नजिकबाट निगरानी राख्छ । हालैका वर्षमा उत्तर कोरियाको परमाणु कार्यक्रममा रोक लगाउने विषयमा अमेरिकासँग चलिरहेको कुराकानीलाई मद्देनजर गदै साझा युद्धाभ्यास कम गरिएको थियो ।
कोरोना महामारीका कारण लगाइएको प्रतिबन्धका कारण २८ अगस्टसम्म चल्ने यो वर्षको प्रशिक्षणको आयोजना भव्य रुपमा हुने छैन । यसमा अमेरिकामा तैनाथ सैनिकले भने भाग लिने छैनन् ।
एक बयान जारी गरेर सेना प्रमुखले यो वर्ष ‘कम्बाइन्ड डिफेसन्स पोश्चर’ मा ध्यान दिइने र युद्धको क्रममा सञ्चालनको अभ्यास कोरियाली प्रायद्वीपमाथि ‘आशिंक रुपमा ’ गरिने जानकारी दिएका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण