कोलम्बियामा सशस्त्र आक्रमण, ९ जनाको मृत्यु
एजेन्सी । पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ । नारिनो प्रान्तका प्रान्तीय गभर्नरले सो कुराको जानकारी दिएका छन् । गभर्नर जोन रोजाले पश्चिमी कोलम्बियाको सामानिगो नगरपालिकामा नयाँ हिंसाको सो रुप देखिएको बताए ।
उनले आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन्, ‘कोलम्बियाको सामानिगो नगरपालिकामा भएको पछिल्लो पटक आइतबार भएको हिंसात्मक आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ र अरु केही व्यक्ति घाइते भएका छन् ।’
उनले गएको दुई महिनायता त्यहाँ यस्तै हमला भएका र त्यसमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । उनले सो क्षेत्रमा हिंसा मच्चाउने सशस्त्र समूहहरुको उपस्थिति रहेकोले त्यहाँ हिंसा जारी रहेको भन्दै आवश्यक कारबाहीका लागि कडा कदम उठाउन प्रहरीलाई भनिएको पनि बताए ।
तर सो क्षेत्रमा कुन समूह र के उद्देश्यले त्यहाँ उपस्थित भएका हुन् र किन हिंसा मच्चाइरहेका छन् भन्ने बारेमा भने उनले केही बताएका छैनन् । -एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण