शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीको तिलोत्तमामा एकसाता साइकल र किराना पसल समेत बन्द

मङ्गलबार, ०२ भदौ २०७७, १२ : २१
मङ्गलबार, ०२ भदौ २०७७

बुटवल – कोरोना संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्षसहित रुपन्देहीमा स्थानीय तहहरु धमाधम सिल हुने क्रम जारी छ ।

यसैक्रममा  रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक साताका लागि पूर्णलकडाउन गरिएको छ । भोलि बुधबार साँझ ७ बजेपछि भदौ १० गते साँझ ७ बजेसम्मका लागि लकडाउन घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

सुरक्षा निकाय, राजनीतिक दल, व्यावसायिक संघ–संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिमा आज बिहान बसेको संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले पूर्णलकडाउन गर्ने निर्णय गरेको हो ।

समुदायस्तरमा समेत संक्रमण देखिन थालेकाले एक साताका लागि लकडाउन गरिने र पिसिआर परीक्षणलाई समेत बढाइने नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

लकडाउनमा दुग्ध पसललाई भने बिहान ६ देखि ८ बजेसम्मका लागि छुट दिने, तर अन्य किरानासहित सबैखाले पसल व्यवसाय बन्द गरिने छन् । त्यस्तै उद्योगधन्दा, कलकारखाना, निर्माण, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सवारीसाधन (साइकल समेत) पूर्णतः बन्द गर्ने सिसीएमसी बैठकले निर्णय गरेको छ ।

तिलोत्तमा नगरपालिकामा अहिलेसम्म ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३६ जना निको भइ घर गएका छन् । २८ जना आइसोलेशनमा रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ  रुपन्देहीको बुटवल उपमहानगरपालिका , सिदार्थ नगरपालिका , सैनामैना नगरपालिमा यस अघि नै लकडानउ गरिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप