महोत्तरीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
मङ्गलबार, ०२ भदौ २०७७, १४ : ४३
महोत्तरी । महोत्तरीको जलेश्वर–रौजा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–३ भटौलियाका ३० वर्षीय ललित ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
गए राति ज११प १३८६ नम्बरको मोटरसाइकलमा चढी धमौराबाट बनौटातर्फ जाँदै गरेका ठाकुरको मोटरसाइकल बलवा नपा–८ स्थित सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको थियो । ठाकुरको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण