बित्थैमा जीवन बितेछ : मार्क्स
गडगडाहट नदीमा नाउ खियाउन तम्तयार भएर बसेका एउटा माझी छन् । पारिपट्टि जान भनेर एकजना दार्शनिक नाउमा चढ्छन् । उनीहरुबीचमा तलको संवाद हुन्छ :
दार्शनिक : माझी दाइ, इतिहासबारे तपाईंलाई कुनै जानकारी छ ?
माझी : अहँ, छैन त ।
दार्शनिक : उसो भा’ तपार्इंले आधी जिन्दगी बित्थैमा बिताउनु भ’छ ।
दार्शनिकले थप कौतुहलता राखे :
दार्शनिक : तपाईंलाई हिसाबकिताब आउँछ ?
माझी : अहँ, आउँदैन ।
दार्शनिक : उसो भा’ तपार्इंको आधाभन्दा बढी जीवन त बित्थैमा बितेछ ।
दार्शनिकले यति भन्न के पा’का थिए अकस्मात भयानक आँधीबेहरी आयो र नाउलाई लपेटो । नाउ उल्ट्यो । दुवै जना पानीमा छ्याप्लाङ्ग छुप्लुङ्ग गर्न थाले । त्यस पछि,
चिच्याउँदै माझी : तपाईंलाई पौडिन आउँछ ?
दार्शनिक : अहँ, आउँदैन ।
माझी : उसो भा तपाईंको पूरै जिन्दगी बित्थैमा बितेछ ।
(यो संवाद १८८२ मा मार्क्सले अल्जियर्सबाट छोरी लौरालाई लेखेको पत्रबाट । शीर्षक अनुवादकको ।)
अनु. टङ्क कार्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण