रौतहटमा गोली हानी पुजारीको हत्या
रौतहट । रौतहटमा एक पुजारीको गोली हानेर हत्या गरिएको छ । रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा रहेको हमुमान मन्दिरका का पुजारी ६५ वर्षीय श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । बुधबार साँझ ९ बजे पुजारी साह मन्दिर अगाडि खाना खाने तयारी गरिरहेको अवस्थामा अज्ञात समूहका व्यक्तिहरुले कन्चटमा गोली हानेका थिए ।
पुजारी साहको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । हनुमान मन्दिर गाउँभन्दा टाढा एकान्तमा रहेकाले घटनाको पूर्ण विवरण आउन नसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । घटनालगतै जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्का, डिएसपी ज्ञानकुमार महतो समेतको टोली घटनास्थलतर्फ गएका छन् ।
माधवनारायण २ खेसरहियाको चारै नाका र भारतीय सिमानामा समेत सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको प्रहरीले जनाएको छ । घटनाको कारण हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभामा बजेटसम्बन्धी विधेयक टेबल
-
मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
-
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त
-
सुदूरपश्चिममा विकास बजेट खर्च सधैँ न्यून, योजना अनुसार काम गर्न सक्दैन सरकार
-
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बैठक असार २५ गते बस्ने
-
‘कमेडी च्याम्पियन’मा देखिँदै जितु नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण