नाभाल्नीको रगत र पिसावको परीक्षणमा विषको कुनै लक्षण देखिएन
एजेन्सी । रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीको रगत र पिसावमा विषको कुनै सङ्केत नभेट्टिएका बताइएको छ । प्रारम्भिक रिपोर्टमा विषाक्त पदार्थ खुवाइएका कुनै सङ्केत नभेटिएको ओम्स्कस्थित आपलकालीन अस्पताल नम्बर १ का उप–प्रमुख चिकित्सक एनाटोली कालिनिचेन्कोले शुक्रबार बताएका हुन् । उनको अन्य परीक्षणहरू ओम्स्क र मस्कोमा अझै चलिरहेका रूसी चिकित्सकहरूले बताएका छन् ।
उपचारमा सम्लग्न चिकित्सक कालिनिचेन्कोले पत्रकारहरूसँग भने, “हामी विषाक्तताको विभिन्न सम्भावनाबारेमा अध्ययन गरिरहेका छौँ । आजसम्म गरिएको अध्ययनले रगत वा पिसावमा कुनै विष वा तिनीहरूको उपस्थितिका कुनै सङ्केतहरू पत्ता लागेको छैन ।”
प्रभावशाली विपक्षी नेता नाभाल्नी साइबेरियन शहर तोम्स्कबाट मस्कोका लागि आइरहेका समय बिहीबार गम्भीर बिरामी भएको बताएपछि विमानलाई ओम्स्कमा आपतकालिन अवतरण गरिएको थियो । नाभाल्नीलाई अस्पतालमा भर्ना गरेपछि उनी तुरुन्तै बेहोस हुनुभएको र अहिले भेन्टिलेटरमा राखिएको छ ।
रूसी भ्रष्टाचारविरोधि संस्थाले विपक्षी नेता नाभाल्नीले टोम्स्कको एयरपोर्टमा चिया पिउनुभएको र त्यसमा विषाक्त पदार्थ मिलाइएको आशङ्का गरेको छ । यद्यपि नाभाल्नीको उपचारमा सम्लग्न चिकित्सकहरूले नाभाल्नीको बिरामीको सम्भावित कारणमध्ये एउटा विषाक्तता भएको भएपनि अन्य समस्याहरूबारे पनि परीक्षण भइरहेको बताएका छन् ।
यसैबीच संस्थाका निर्देशक इभान जादानोभले यातायात प्रहरी अधिकारीलाई उद्धृत गर्दै नाभाल्नीको शरीरमा घातक पदार्थ भेटिएको र यसले उनलाई मात्र नभई वरपरका मानिसहरूलाई पनि खतरा तुल्याएको बताउनुभएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण