खल्तीबाट पिइएको शुल्क तिर्न सकिने
काठमाडौं । इन्जिनियरिङ्गको इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसोसिएशनको शुल्क खल्ती डिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी पिइएसँग सम्झौता गरेको छ ।
खल्तीका ग्राहकले खल्ती बजारमा रहेको पिइए एसोसिएशनको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यस्तै पिइएको वेवसाइटबाट पनि विद्यार्थीले यो सुविधाको उपयोग गर्न सक्नेछन् । पिइए एसोसिएशनले इन्जिनियरिङ्ग पढ्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षा तयारमा सघाउँदै आएको छ ।
इन्जिनियरिङ्ग अध्ययन संस्थामा आवद्ध व्यवसायिक व्यक्तित्वहरूबाट सन् १९९४ मा स्थापित पिइए ८५ शिक्षक र ३८ जना कर्मचारीसहित आफ्नै भवनमा संचालित रहेको पिइएका सूचना प्रविधि अधिकृत आर्जन बास्कोटाले जानकारी दिए । ‘खल्ती डिजिटल वालेटबाटै विभिन्न शुल्क तिर्न सक्ने भएपछि विद्यार्थीलाइ पिइएको सुविधा लिन निकै सहज हुने छ,’ उनले भने ।
पिइएबाट हजारौंले प्रवेश परीक्षाको तयारी गरेका छन् । तीमध्ये अधिकांश विद्यार्थीले उत्कृष्ट कलेजहरूमा भर्ना हुने अबसर पाएका छन् । यस संस्थासँग उच्च तालिमप्राप्त बर्षौको अनुभव हासिल गरेका प्रशिक्षकहरू छन् । यहाँबाट प्रवेश परीक्षाको तयारी गर्ने विद्यार्थीलाइ प्रतिस्पर्धमा खरो रूपमा उतार्न संस्थाले शिक्षण विधि र शैक्षिक सामग्रीको स्तरोन्नती गरिरहेको छ । संस्थामा खल्तीमार्फत अनलाइन कक्षा, पुस्तकलगायतका सामग्रीहरू, परीक्षा र अग्रिम बुंकिंगको शुल्क तिर्न सकिन्छ ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । खल्तीवालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्ती का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण