फेक अकाउन्ट खोलेर गलत समाचार सम्प्रेषण भयो : घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो फेक एकाउन्ट खोलेर गलत सूचना प्रवाह भएको जानकारी दिएका छन् ।
मंगलबार साँझ घिसिङको नाममा खोलिएको फेक ट्वीटर अकाउन्टबाट गरिएको ट्वीटका कारण उनको पुनर्नियुक्तिको समाचार भाइरल बन्न पुग्यो । राष्ट्रिय मिडियाहरुले समेत बिना पुष्टि सोही ट्वीटलाई आधार बनाउँदै समाचारहरु तयार गरेका थिए ।
हाल बन्द गरिएको @kulman_ghising7 नामक ट्वीटर ह्यान्डलबाट घिसिङको पुनःनियुक्ति भएको जानकारी गराइएको थियो । तर, घिसिङले भने आफ्नो फेक अकाउन्ट खडा गरी गलत समाचार सम्प्रेषण भएको स्पष्ट पारेका छन् ।
घिसिङले भनेका छन्, ‘मेरो फेक अकाउन्ट खोलि विभिन्न समाचारहरु सम्प्रेसन भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउँदछु ।’
मेराे फेक अकाउन्ट खाेलि विभिन्न समाचारहरु सम्प्रेसन भएकाेले मेराे याे वाहेक कुनै अरु अाधिकारिक अकाउन्ट नभएकाे जानकारि गराउदछु ।
Posted by Kulman Ghising on Tuesday, August 25, 2020
घिसिङलाई उक्त पदमा पुनर्नियुक्ति गर्न चौतर्फी आवज उठिरहेको बेला ऊर्जामन्त्री वर्षमान पुनले भने प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको स्पष्ट पारिसकेका छन् ।
विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान घिसिङ फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको रातोपाटीलाई बताएका थिए । कुलमानलाई पुनः प्राधिकरणमा निरन्तरता दिने निर्णय गर्नुभएको हो भन्ने रातोपाटीमा प्रश्नमा उनले भने, ‘कुनै निर्णय भएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण