बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निजी मेडिकल कलेजले प्रयोगशाला सञ्चालन गर्न पाउने

बुधबार, १० भदौ २०७७, १५ : ३८
बुधबार, १० भदौ २०७७

काठमाडौं । निजी मेडिकल कजेलहरूले पनि पिसिआर परीक्षण गर्न  प्रयोगशाला संचालन गर्न पाउने भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार निजी मेडिकल कलेजहरुलाई पनि प्रयोगशाला सञ्चालन गर्न   अनुमति दिएको हो ।  कोभिड (१९) का संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले प्रयोगशाला स्थापना गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । 

पिसिआर परीक्षण गर्ने अनुमतिका लागि निजी मेडिकल कलेजहरुले एक तिहाई बेड कोभिड (१९) का बिरामीलाई छुट्याउनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. मुकुन्दा शर्माले बताए । पिसिआर परीक्षण गर्ने अनुुमतिका लागि निजी मेडिकल कलेजले कम्तीमा बीस प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउनपर्ने शर्त सरकारको छ  ।

त्यसका लागि  कोभिड (१९) को पिसिआर परीक्षण निर्देशिका ०७७ अनुसार प्रयोगशालाको मापदण्ड पुगेको हुनुपर्ने राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला टेकुले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप