जनकपुरमा मोटरसाइकललाई पिकअपले ठक्कर दियो, चालकको मृत्यु
जनकपुर । सवारी दुर्घटनामा परि जनकपुरमा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । बुधबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित पिडारी चोक–कुर्था जाने बाटोमा विपरित दिशा तर्फबाट आएको मोटरसाईकललाई पिकअपले ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो ।
ज १ च १८०१ नम्बरको पिकअपले विपरित दिशा तर्फबाट आइरहेको प्रदेश २–०३–००१ प २२७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा मिथिला बिहारी नगरपालिका–४ बस्ने २२ वर्षीय कलाम नदाफको मृत्यू भएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।
पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालक नदाफ सडकबाट करिब ५ फिट तल झरेका थिए । घाईते नदाफलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले बताए ।
मोटरसाईकलमा सवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने २८ वर्षीय अजाबुल मन्सुर राईनको दाहिने खुट्टा भाँचिएको छ । घाईते मन्सुरलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । मोटरसाइकललाई ठक्कर दिई फरार भएका पिकअपका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण