आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नग्न अवस्थामा महिलाको शव फेला

बिहीबार, ११ भदौ २०७७, १० : २१
बिहीबार, ११ भदौ २०७७

बिहिबार बिहान गुल्मीको बडिगाड खोलामा नग्न अवस्थामा एक बेवारिसे महिलाको शव फेला परेको छ । 

जिल्लाको चन्द्रकोट गाउँपालिका ८ स्थित  बाघ खोला भन्ने  स्थानकी बडिगाड खोलाको बगरको बीचमा अन्दाजी ४० बर्षिय महिलाको नग्न अवस्थामा शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी केदार राज पन्थकाअनुसार  कलेजी रङ्गको ढाकाको कुर्ता लगाएकी महिलाको शव भेटिएको हो ।

बायाँ हातमा घडी , दायाँ हातमा चुरा लगाएकी ती महिलाको शव  भेटिएको डिएसपी पन्थले बताए । 

जिल्ला समन्वय समितिका सदस्य तथा स्थानीय चेतन बस्नेतले अहिलेसम्म पहिचान गर्न नसकिएको बताए । शव फेला परेको स्थान साविक तुराङ्ग गाबिस हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप