नग्न अवस्थामा महिलाको शव फेला
बिहीबार, ११ भदौ २०७७, १० : २१
बिहिबार बिहान गुल्मीको बडिगाड खोलामा नग्न अवस्थामा एक बेवारिसे महिलाको शव फेला परेको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिका ८ स्थित बाघ खोला भन्ने स्थानकी बडिगाड खोलाको बगरको बीचमा अन्दाजी ४० बर्षिय महिलाको नग्न अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी केदार राज पन्थकाअनुसार कलेजी रङ्गको ढाकाको कुर्ता लगाएकी महिलाको शव भेटिएको हो ।
बायाँ हातमा घडी , दायाँ हातमा चुरा लगाएकी ती महिलाको शव भेटिएको डिएसपी पन्थले बताए ।
जिल्ला समन्वय समितिका सदस्य तथा स्थानीय चेतन बस्नेतले अहिलेसम्म पहिचान गर्न नसकिएको बताए । शव फेला परेको स्थान साविक तुराङ्ग गाबिस हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण