झापाका वृद्धको कोरोनाबाट मृत्यु
शुक्रबार, १२ भदौ २०७७, ०९ : ३१
झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड–१९ बाट सङ्क्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ ।
कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताइन् ।
झापाको कोभिडबाट मृत्यु हुनेको सङ्ख्या अब दुई पुगेको छ । दमकमा यसअघि एक बृद्धको कोभिडका कारण मृत्यु भएको थियो ।
एक साता अघि उनी नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल गएका थिए । त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उनकी नातिनी दुबैलाई कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।
हाल उनकी नातिनी भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचाररत छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण