रेसुङ्गा विमानस्थलको नियमित उडान हुन अझै एक वर्ष लाग्ने
गुल्मी । विश्वव्यापी कोरोना संक्रमण र देशभर लकडाउनका कारण गुल्मीको रेसुङ्गा विमानस्थल निर्माण कार्य लक्ष्य अनुसार अगाडि बड्न सकेको छैन् । पछिल्लो चरण लकडाउनका वावजुद पनि विमानस्थल निर्माण कार्य धमाधम भई रहेको विमान स्थल निर्माण आयोजना सहायक आयोजना प्रमुख दिनेश परियाले बताए ।
उनले हालसम्म ४५ प्रतिशत काम भई सकेको उनले जानकारी दिए । विमानस्थल नियमित सञ्चालनको लागि आवस्यक पर्ने टर्मिनल भवन, टावर, तारजालिको काम सुरु भएको र धावनमार्ग कालोपत्रे गर्ने काम ३० प्रतिशत सकिएको उनले बताए ।
यसपालीको दशैंसम्म नियमित उडान भर्ने लक्ष्ण्य लिईए पनि कोरोना संक्रमणको असहज परिस्थितका कारण लक्ष्य अनुसार निर्माण कार्य अगाडी बढ्न नसकेको विमान स्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले बताए ।
रेसुङ्गा नगरपालिका वडा नम्वर १० सिमिचौर थालेमालेस्थित विमानस्थलको २०६३ सालमा हाल नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालिले शिलान्यास गरेका थिए । विमानस्थल त्यति बेला शिलान्यास गरिए पनि २०७२ सालबाट निर्माण कार्य सुरु भएको थियो । नियमित उठान सुरु भए पछि गुल्मी सहित छिमेकी जिल्ला अर्घाखाँची र बाग्लुङ्ग सम्मका जनता लाभान्वित हुने भएका छन् । २०७५ साल जेठ २५ गते कच्चि विमानस्थलमा मन्त्री ज्ञवाली नै आएर परिक्षण उडान गरिएको थियो ।
विमानस्थलको धावनमार्ग आउँदो कार्तिकमा पुरा गरिसक्नुपर्ने भए पनि कोरोना संक्रमणका कारण लकडाउन र वर्र्षाको समय र जनशक्ति लगायतको अभावले लक्ष्यअनुसार काम पुरा हुन नसकेको उनको भनाई छ ।
विभिन्न समस्याका कारण सोचेअनुसार काम हुन नसकेपनि निर्माण व्यावसायी र सबैले आफनो जिम्मेवारि पुरा गरमा २०७८ साल मंसिर महिनासम्म काम सकिने विमानस्थालका अध्यक्ष मधुकृष्ण पन्तले बताए ।
धावनमार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने ४६ घरधुरि तथा जग्गाधनिलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको छ । विमानस्थल ७८ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण