बुटवलमा फेरि एक कोरोना संक्रमितको मृत्यु
आइतबार, १४ भदौ २०७७, १४ : १८
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगर वडा ५ निवासी ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मुटुरोग, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ।
अस्पतालको फिभर क्लिनिकको आइसोलेशनमा आइतबार बिहानदेखि उपचाररत उनको मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ । बुटवलमा दैनिक कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ भने मृतकको संख्या पनि वृद्धि हुँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण