डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
सारांश
- डा. गोविन्द केसी र सरकारी टोलीबीच आइतबार वार्ता हुने भएको छ ।
- अनशनरत डा. केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् ।
- चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै डा. केसीले २४ औँ अनशन सुरु गरेका हुन् ।
काठमाडौँ । अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने भएको छ ।
शनिबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्। तर वार्ता टोलीका अन्य सदस्य आएपछि भोलि वार्ता हुने भएको हो ।
शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औँ अनशन सुरु गरेका थिए ।
स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको हो ।
केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, स्वास्थ्य सेवाको पहुँच तथा सम्बन्धित विषयमा आफ्ना माग सम्बोधन हुनुपर्ने माग राख्दै अनशन थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण