शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा लकडाउन २० गतेसम्म थपियो

आइतबार, १४ भदौ २०७७, १९ : ०६
आइतबार, १४ भदौ २०७७

बुटवल । रुपन्देहीमा भदौ २० गतेसम्म लकडाउन थप भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै भदौ २० गते राति १२ बजेसम्म लकडाउन थप गरेको जनाएको छ ।

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई भदौ २० गतेसम्म लकडाउन थप गर्न सिफारिस गरेको थियो । प्रशासनले उक्त सिफारिसलाई सदर गरेको हो । 

लकडाउन उल्लंघन गरेमा संक्रमण ऐन २०२० अनुसार कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी महादेव पन्थद्धरा जारी सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ २ गतेदेखि ७ गतेसम्म पहिलो पटक लकडाउन गरेको थियोे । संक्रमितको संख्या बढेपछि पुनः भदौ १४ गते राति १२ बजेसम्मका लागि लकडाउन थप गरिएको थियो । 

रुपन्देहीमा कोरोना सक्रमितहरु दैनिक बृद्धि भएका छन् । भने मृत्तकको संख्या पनि थपिदै गएको छ ।आज पनि बुटवलका एक जना कोरोना संक्रमित पूरुषको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप