बालिका पूजामा उर्लियो भीड
राजविराज - १३ वर्षीया मुनचुनकुमारी दासलाई उनकी आमाले बिहान सबेरै उठाउँछिन्। नुहाएर सफा कपडा लगाइदिएपछि नास्ता खुवाउँछिन्। त्यसपछि बिहान ७ बजे नजिकै ठाकुर बाबाको मन्दिरमा लगेर राख्छिन्।
यो घटना सप्तरीस्थित दक्षिण–पश्चिमको बलान बिहुल गाउँपालिका–६ रौतहटको हो। प्राचीनकालका राजा ठाकुर बाबा नुहाउने भनिएको बडकी (ठूलो) पोखरीछेउ निर्मित मन्दिरमा सप्तरी र सिरहाका गाउँबाट भीड उर्लिन थालेको छ। उनीहरू देवीस्वरूप मानेर ती बालिकालाई ढोग्छन्। सबैले गच्छेअनुसार पैसा चढाउँछन्।
बालिकाका आफन्तले जिम्मेवारी बाँडफाँट गरेका छन्। जसअनुसार दर्शनार्थीलाई प्रसाद वितरणको जिम्मा सिरहाको महेशपुरबाट आएकी फुपू सागैरदेवीले पाएकी छन्। भीड कम भएका बेला दिउँसो १–२ बजे बालिकालाई घर पु¥याएर खाना खुवाइन्छ। पुनः नुहाएर कपडा फेराई बेलुका ७ बजेसम्म मन्दिरमै राखिन्छ।
कोरोना भाइरस फैलिएका बेला राजविराजबाट ३५ किलोमिटर दूरीमा रहेको रौतहट गाउँमा तीन दिनदेखि यही प्रक्रिया चलिरहेको छ। स्थानीय परशुराम महरानले बालिकाको दर्शन गर्न दर्जनौं गाउँबाट सयौं संख्यामा दर्शनार्थी आउने क्रम बढिरहेको बताए। सहभागी केहीले मात्र मास्क लगाएका छन्।
गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जनभावनालाई कदर गरी दैवी शक्तिमाथि विश्वास गर्दै पूजा गर्न दिइएको बताए। भीडलाई व्यवस्थित गर्न सहयोग गरिरहेको उनको भनाइ छ। बढ्दो भीड कोरोना ‘बम’ बन्ने जोखिम देखिएको सशस्त्रका इन्स्पेक्टर लाल खड्काको चिन्ता छ। उनका अनुसार जनप्रतिनिधिले अवरोध नगर्न भनेकाले भौतिक दूरी बनाएर दर्शन गर्न आग्रह मात्र गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनोहर पोखरेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण