‘सपनाको भन्ज्याङतिर’ निबन्ध सङ्ग्रह बजारमा
बुटवल । युवा कवि एवं निबन्धकार खोमा तरामु मगरको निबन्ध सङ्ग्रह ‘सपनाको भन्ज्याङतिर’ बजारमा आएको छ । निबन्ध सङ्ग्रहमा २६ वटा रचनाहरू रहेका छन् । बुटवलमा रहेर कविता र निबन्धको क्षेत्रमा कलम चलाउदै आएका तरामु मगरको निबन्ध सङ्ग्रहमा विद्यमान शोषणकारी समाजको परिवर्तन र नयाँ समाजको निर्माणका सपनाहरूलाई सजाइएको छ ।
समाजका सबैभन्दा पिँधमा रहेका वर्गले भोग्दै आएका दुःख, पीडा र उनीहरुको सुन्दर सपनालाई निबन्धमा समेटिएको छ । निबन्धबारे वरिष्ठ साहित्यकार दिल साहनीले भनेका छन्, “नयाँ समाजको निर्माण तथा शान्ति र प्रगति नै उनको निबन्धको मूल सार हो ।”
पुस्तकभित्रका निबन्धहरूले स्थान, पात्र, परिवेश, घटना सबैका माध्यमबाट नयाँ र उन्नत समाज निर्माणलाई केन्द्रमा राखेका छन् । सहिद, बेपत्ता र घाइते योद्धाहरूले देखेको अधुरो सपनाहरुलाई समेटिएको निबन्धमा नयाँ समाज–व्यवस्थाको दुरुस्त ऐना देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण