शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु

सोमबार, १५ भदौ २०७७, १३ : २४
सोमबार, १५ भदौ २०७७

बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ की ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।  कोराना संक्रमणपछि  होम आइसोलेसन बसेकी उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भदौ ११ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।यसअधि तिलोत्तमा नगरपालिका कोरोनाबाट २ जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप