बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जनप्रतिनिधिहरुले आफूखुसी बजेट विनियोजन गरेको भन्दै बिरोध

बिहीबार, २९ भदौ २०७४, २० : ०८
बिहीबार, २९ भदौ २०७४

सम्राट सिंह

बझाङ– जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का जनप्रतिनिधिहरुले आफूखुसी बजेट बिनियोजन गरेको भन्दै स्थानीयले बिरोध गरेका छन । वडा समितिका पदाधिकारीले आफूहरुले मनोमानी तरिकाले योजना बाँडेको भन्दै स्थानीयले बिरोध जनाएको हो ।

वडा सदस्य तथा नेपाली काँग्रेसका नेता भक्तराज जोशीले आफू अध्यक्ष भएको धलदेउ निमाविमा, र वडा अध्यक्ष केशबहादुर रोकायाले आफू अध्यक्ष भएको नाननदेव प्राविमा र नेपाली काँग्रेसका नेता राजेन्द्र खड्काले आफू अध्यक्ष भएको रघुनाथ प्रावि साइलाबगरमा ३/३ लाख रकम बिनियोजन गरेको भन्दै स्थानीय बिरोधमा उत्रेको नेकपा एमाले पूर्व गाउँ कमिटी अध्यक्ष मदनराज जोशीले बताए । उनले जनप्रतिनिधिहरुले आफू अध्यक्ष भएको विद्यालयहरुमा मात्र रकम विनियोजन गरेको आरोप लगाए ।

जिल्लाका हरेक स्थानीय तहमा आर्थिक निर्देशिका विपरीत जनप्रतिनिधिहरुले रकम विनियोजन गर्दा स्थानीयहरुले बिरोध जनाएका छन्।

वडामा अत्यावश्यक योजनाहरुमा रकम विनियोजन नगरेर जनप्रतिनिधिहरुले आफ्नो गोजीभर्ने खालका योजनामा रकम बिनियोजन गरेकाले आफूहरुले बिरोध गरेको स्थानीय सर्जन थापाले बताए । जनप्रतिनिधिहरुले निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप