बाँकेका एक युवकको करेन्ट लागेर मृत्यु
बाँके । माछा मार्न गएका बाँकेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जङ्गली बँदेल मार्न थापिएको करेन्टको पासोमा परेर राप्तीसोनारी–२ का २१ वर्षीय तिलक थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जङ्गल क्षेत्रबाट धानबारीमा आउने गरेको बँदेल मार्ने उद्देश्यले स्थानीयले आप्mनो खेतबारीमा करेन्टको पासो थाप्ने गरेका छन् । सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच रोजगारी नपाएको भन्दै भारत जान खोज्नेहरुका कारण आज जमुनाह नाकामा केही समय अप्ठेरो स्थिति सिर्जना हुन पुग्यो । कोरोना कहरका कारण यातायातका साधन नचलेको र सीमा नाकासमेत बन्द रहेको अवस्थामा कर्णालीलगायत पश्चिमका पहाडी जिल्लाबाट एउटा समूह जामुनाहसम्म आइपुगेको थियो ।
उनीहरुले भारत जानका लागि माग गरिरहेका थिए । “भारतमा राहतकार्ड लिएकालाई छाड्ने गरिएकाले झण्डै १०० जनालाई जमुनहा नाकावाट आज पठाइएको हो”, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण