जनकपुरमा एक पुरुषको शव फेला
बुधबार, १७ भदौ २०७७, १७ : ०७
जनकपुर । जनकपुरमा एक पुरुषको शव फेला परेको छ । बुधवार जनकपुरधाम उपमहागरपालिका वडा नम्बर १२ स्थित कुवारामपुर बजारमा ७५ वर्षीय मनिराम यादवको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रारम्भिक अनुसन्धानअनुसार अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
सेतो कुर्ता, कालो कलरको पाइन्ट लगाएको र काँधमा गाम्छा रहेको अवस्थामा यादवको शव भेटिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । मदिरा सेवन गरेर सँधैं मागी हिँड्ने ती पुरुष आफ्नो घरमा नबस्ने गरेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण