जनकपुरमा एक पुरुषको शव फेला
बुधबार, १७ भदौ २०७७, १७ : ०७

जनकपुर । जनकपुरमा एक पुरुषको शव फेला परेको छ । बुधवार जनकपुरधाम उपमहागरपालिका वडा नम्बर १२ स्थित कुवारामपुर बजारमा ७५ वर्षीय मनिराम यादवको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रारम्भिक अनुसन्धानअनुसार अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
सेतो कुर्ता, कालो कलरको पाइन्ट लगाएको र काँधमा गाम्छा रहेको अवस्थामा यादवको शव भेटिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । मदिरा सेवन गरेर सँधैं मागी हिँड्ने ती पुरुष आफ्नो घरमा नबस्ने गरेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित