भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधनप्रति अमेरिकी राष्ट्रपतिद्वारा दुःख व्यक्त
बुधबार, १७ भदौ २०७७, २२ : ४३
एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार भएको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् । उनले भारतीय पूर्व राष्ट्रपति मुखर्जीको निधनको खबर सुनेर आफू स्तब्ध भएको र आफूलाई निकै दुःख लागेको बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर भारतका पूर्वराष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका हुन् । पूर्व राष्ट्रपति मुखर्जीको निधनले आफूलाई निकै दुःख लागेको भन्दै उनले आफ्नो र संयुक्त राज्य अमेरिकाका तर्फबाट मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि तथा भारत र भारतीय जनताप्रति समवेदना व्यक्त गरेका छन् ।
मङ्गलबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले दुःख व्यक्त गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण