‘चीनसँग अब संसारको सबैभन्दा ठूलो नौसेना, दर्जनौं देशमा सैन्य अड्डा बनाउने उद्देश्य’
एक अमेरिकी रिपोर्टमा चीनसँग अब दुनियाँको सबैभन्दा ठूलो नौसेना भएको जानकारी दिइएको छ । यसका लागि चीनले पाकिस्तान, श्रीलङ्का, थाइल्याण्ड, सिंगापुर, इन्डोनेशिया र म्यान्मारसमेत दर्जनौं देशमा आफ्नो सैन्य अड्डा बनाउने कोसिस गरिरहेको पनि यसमा दाबी गरिएको छ ।
टाइम्स अफ इन्डिया पत्रिकाले यो रिपोर्टलाई प्रकाशित गरेको छ । पत्रिकाले यो रिपोर्टलाई हवाला दिँदै चीनसँग अब संसारको सबैभन्दा ठूलो नौसेना भएका कारण आफ्नो सामारिक स्थिती र पुहँचलाई बलियो बनाउनका लागि चीनले आक्रामक ढङ्गले नयाँ सैन्य अड्डा खोजिरहेको बताएको छ ।
रिपोर्टका अनुसार चीन इन्डो प्यासिफिक क्षेत्रमा उनको नयाँ अड्डा विकसित होस् भन्ने चाहन्छ । साथै चीनको परमाणु हतियारको संख्या पनि अबको दशकमा दोब्बर बनाउने उद्देश्य छ ।
पत्रिकाका अनुसार चीनको सैन्य विस्तारको आँकलन गरिरहेको पेन्टागनको यो रिपोर्ट मंगलबार अमेरिकी संसदमा पेश गरियो । यद्यपि, चीनले यो रिपोर्टलाई पूर्वाग्रहले भरपुर भन्दै खारेज गरेको छ ।
पत्रिकाले लेखेको छ, ‘भारतद्वारा पेन्टागनको यो रिपोर्टलाई गम्भीरतापूर्वक लिन आवश्यक छ किनभने चिनियाँ नौसेनाको पहुँच भारतको समुद्री क्षेत्रमा बढिरहेको छ ।’
गत वर्ष भारतीय सेनाका प्रमुख एडमिरल कर्मबीर सिंहले भारतले तमाम बाधाबीच चिनियाँ सेनाको बढ्दो बिस्तारको जवाफ दिन आवश्यकता छ ।
उनले हिन्द महासागरमा चीनको बढ्दो प्रभावको विषयमा चिन्ता जताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण