बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

‘नाट मिस एयरहोस्टेज फेमिना’ मा २० प्रतियोगी फाइलनमा

शुक्रबार, ३० भदौ २०७४, १० : ४४
शुक्रबार, ३० भदौ २०७४

काठमाडौं – नर्दन लाईट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी (नाट)को मुख्य प्रायोजनमा ‘नाट मिस एयरहोस्टेज फेमिना’को फाइनल आगामी ५ असोजमा हुने भएको छ । 

विभिन्न चरणको छनौटपछि २० जना प्रतियोगी फाइलनमा पुगेको पत्रकार सम्मेलन गर्दै आयोजक विश्व मिडियाले जनाएको छ । व्यक्तित्व विकास, मोडेलिङ, एयर होस्टेज, सामाजिक कामका विषयमा प्रतियोगितामा सहभागीलाई विभिन्न चरणमा तालिम दिएको पत्रकार सम्मेलनमा विश्व मिडियाका कार्यक्रम संयोजक प्रहित कार्कीले जानकारी दिए । 

विजेतालाई गोमा एयरमा रोजगारीको अवसर प्रदान गरिनेछ । त्यस्तै फस्र्ट रनरअपलाई थाइल्यान्डको टु वे टिकेट नेपाल एयरलाइन्सले प्रदान गर्नेछ भने नाटको ब्रान्ड एम्बेस्डरको जिम्मेबारी दिइने जनाइएको छ ।  

सेकेन्ड रनरअपलाई नाटमा रोजगारीको अवसर दिने र २ जना प्रतियोगिलाई म्युजिक भिडियोमा अनुबन्धन गरिने पत्रकार सम्मेलनका क्रममा जनाइयो ।

उत्कृष्ट २० प्रतियोगी सहित गरिएको पत्रकार सम्मेलनका क्रममा प्रशिक्षण र व्यक्तित्व विकासको तालिम दिइरहेकी एयर होस्टेज प्रिति तिमल्सिना थापाले काम प्रतिको लगाव, एयर होस्टेजमा हुनपर्ने गुणका बारेमा सिकाइएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप