नकारात्मक आर्थिक वृद्धि भएको छैन: केन्द्रीय तथ्याङ्क विभाग
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/७७ मा नकारात्मक आर्थिक वृद्धि देखिएको भनि आएका समाचारको खण्डन गरेको छ । विभागले आर्थिक अघिल्लो आर्थिक वर्षको चौथो चैमासको कुनै पनि तथ्या)क सार्वजनिक नगरेको भन्दै विभागको नाम लिँदै आएको समाचारमा कुनै सत्यता नभएको जनाएको हो ।
केही अनलाइनहरुले गत आर्थिक वर्षका नेपालको आर्थिक वृद्धिदर २.७२ प्रतिशतले नकारात्मक भएको देखिएको जनाएका थिए । तर, विभागले यो आर्थिक संकुचन दोस्रोे त्रैमासको तुलनामा तेस्रो त्रैमासमा भएको मौसमी प्रभाव समायोजित आर्थिक संकुचन भएको स्पष्ट पारेको छ । तर अघिल्लो वर्षको आधारमा तेस्रो त्रैमासमा ०.८० प्रतिशतको बृद्धि देखिएको विभागको दाबी छ ।
विभागले माघदेखि चैतसम्मको समयमा उत्पादनमूलक क्षेत्र, होटल तथा रेष्टुरेन्ट क्षेत्र, निर्माण क्षेत्र, व्यापारमूलक क्षेत्र र खानीजन्य क्षेत्रमा सङ्कुचन आएका कारण समग्र वृद्धिदर नकारात्मक भएको जनाएको छ । विभागले जारी गरेको तथ्याङ्कअनुसार तेस्रो त्रैमास (माघ–चैत) को आर्थिक वृद्धिदर ०.८० प्रतिशत रहेको छ । त्यस्तै दोस्रो त्रैमासमा ४.२ प्रतिशत र पहिलो त्रैमासमा ५.४ प्रतिशतको आर्थिक वृद्धि रहेको देखाएको छ ।
तेस्रो त्रैमासको यो वृद्धिदर ४ वर्ष अघिकै सबैभन्दा कम हो । यसअघि २०७१/७२ को चौथो त्रैमासमा ६.२ प्रतिशत र २०७२/७३ को पहिलो त्रैमासमा ५.९ प्रतिशत र सोही वर्षको दोस्रो त्रैमासमा ६.२ प्रतिशतकै नकारात्मक बृद्धिदर देखिएको थियो । सुरुमा भूकम्प र त्यसपछि नाकाबन्दीको कारणले त्योबेला लगातार ३ त्रैमाससम्म नकारात्मक आर्थिक वृद्धि सामना गर्नुपरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण