गुल्मीमा अज्ञात समूहको आक्रमणबाट होटल मालिकको ज्यान गयो
गुल्मी । गुल्मीको छिनुवा खोलाको एक होटल मालिकको अज्ञात समूहले हत्या गरेको छ । गएराती अज्ञात समूहद्वारा लुटपाटपछि होटल मालिकमाथि कुटपिट गर्दा उनको ज्यान गएको हो । जिल्लाको इस्मा गाउँपालिका वडा नं २ हस्तिचौर घर भई वडा नं १ को छिनुवामा होटल गर्दै आएका २३ वर्षीय मोतिबहादुर कुँवरको सोमबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान कुँवर घाइते र अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए । मोति र दाजु यमबहादुर कुँवरले संयुक्त रुपमा होटल सञ्चालन गर्दै आएका थिए । यम बहादुरले आफु साँझ ९ बजे घर गएको र बिहान आउँदा भाईलाई रक्ताम्मे र अचेत अवस्थामा फेला पारेको बताए । कुटपिटबाटै ज्यान गएकाले थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठको भनाई छ ।
अचेत कुँवरलाई उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै ज्यान गएको हो । अस्पताल ल्याउँदा मृत्यु भइसकेकोले आफुहरुले मृत्यु घोषणा मात्रै गरेको गुल्मी अस्पतालका प्रमुख डा.उत्तम पच्याले बताए । अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी केदारराज पन्थको टोली घटनास्थलमा पुगेको र अनुसन्धान भैरहेको बताइएको छ ।
एसपी श्रेष्ठकाअनुसार त्यस होटलबाट ३५ हजार नगद , १० हजार बराबरको एनसेलको रेचार्ज कार्ड र ब्रान्डेट मदिराहरु समेत लुटिएको छ । सो ठाउँमा त्यही मात्र भर्खर खोलिएको एक मात्र होटल थियो । सो होटल नजिकै एक परिवारको घर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
-
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण