उपत्यकामा निषेधाज्ञा तोडेर चल्न थाले ट्याक्सी (तस्बिरहरु)
काठमाडौं । लगातारका लकडाउन र निषेधाज्ञाले जनजीवन कष्टकर हुँदैछ । काठमाडौं उपत्यकामा पछिल्लो तीन सातादेखि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा बढ्दै भाडामा चल्ने ट्याक्सी सडकमा निस्किन थालेका छन् । मंगलबार उपत्यकामा निषेधाज्ञा बेवास्ता गरेर बाक्लै संख्यामा ट्याक्सीले सडकमा सेवा दिइरहेका थिए ।
कोरोना संक्रमणको जोखिमका बीच बाध्यता र मजबुरीका कारण आफूहरु सड्कमा आउन बाध्य भएको ट्याक्सी चालक अकल बोहराले बताए । उलने भने, ‘कोठामा थुनिएर कति दिन बस्नु, बालबच्चालाई दुई छाक खुवाउन ट्याक्सी लिएर निस्किएँ ।’
मीनभवनमा भेटिएका काभ्रे तिमालका ट्याक्सी चालक सानु तामाङले पनि कोठा भाडा तिर्न र परिवार पाल्नका लागि निषेधाज्ञा तोडेरै ट्याक्सी चालन आफू बाध्य भएको बताए । ट्याक्सी चालकले एम्बुलेन्सले भन्दा सस्तोमा सेवा दिएको दावी गर्दै निषेधाज्ञाको बीचमा चलाउन पाउनुपर्ने माग गरेपनि सरकारले उनीहरुलाई सडकमा ननिस्कन भनेको छ ।
निषेधाज्ञाको बेला ट्याक्सी चलाउन नपाउने भन्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालले भने, ‘बिरामी लिएर हिँडेको भए छुट्टै कुरा अन्यथा ट्याक्सी चल्न दिँदैनौं ।’
अप्ठ्यारो परेर निस्केका बाहेक अन्यको हकमा प्रहरीले ट्याक्सी चलाउन दिएको छैन ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण