चीन लगायतका मुलुकले रसियाली संयुक्त सैन्य अभ्यासमा भाग लिने
बेइजिङ । रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार, पाकिस्तान र अरु मुलुकका सेनाले भाग लिने चिनियाँ रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।
“ककेसस २०२०” नाम दिइएको यस सैन्य अभ्यासमा सैन्य सवारी साधनका साथै चीनका नयाँ सैन्य जहाज पठाइने चीनले जनाएको छ । सेप्टेम्बर २१–२६ सम्म हुने यस अभ्यासमा प्रतिरक्षात्मक कौशल, युद्धमैदानको नियन्त्रण र कमान्ड समावेश हुनेछ । यस अभ्यासले चीन र रुसबीचको विशेष सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ ।
दुई दशकअघि विस्तृत रणनीतिक साझेदारीमा हस्ताक्षर गरेयता चीन र रुसबीच सैन्य र कुटनीतिक क्षेत्रमा सम्बन्धहरु निकै अगाडि बढेको छ । खासगरी यो सम्बन्ध अमेरिकी प्रभावलाई निस्तेज बनाउन निकै उपयोगी रहेको चिनियाँ अधिकारीहरुको भनाई छ । सिरिया र उत्तर कोरिया समेतका विश्व मामिलामा संयुक्तराष्ट्रसंघमा हुने छलफलमा चीन र रुसबीच सहकार्य पनि हुन थालेको छ । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : मार्को रुबियो
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण